पछिल्लो २४ घण्टामा ३२६० जनामा संक्रमण पुष्टि, ३२ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।

संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

प्रतिक्रिया