माछापुच्छ्रे बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माछापुच्छ्रे बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । यो सँगै बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिको ८.५० प्रतिशत व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया