

मुर्दा उपचार गर्ने शैलीमा ह्याम्सको लुट धन्दाः कालोबजारीमा कारबाही हुने प्रशस्त प्रमाण

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को उपचारका नाममा आम मानिसलाई कंगाल बनाउने मात्रै होइन, बिरामीलाई बचाउन पनि नसक्ने काठमाडौंको ह्याम्स अस्पतालको लुट धन्दाले निरन्तरता पाएको छ।
राजनीतिक पहुँच र प्रशासनिक सम्बन्धका आडमा ह्याम्सले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका र वाणिज्य विभागले तय गरेका मापदण्डको धज्जी उडाएको छ।
कोभिड–१९ का बिरामीको उपचारका नाममा यी अस्पतालले लाखौं रकम जबरजस्ती पीडितसँग लिने गरेको, अनधिकृत रकम बिलमा राखेको तथ्यहरू मात्र फेला परेका छैनन्, कयन उजुरी स्वास्थ्य मन्त्रालय र वाणिज्य विभागमा पुगेका छन्।
उपचार गर्न नसकिने बिरामीलाई भर्ना लिएर बचाउँन सकिने भन्दै परिवारसँग लाखौं रकम अनेक शीर्षकमा लिने गरेको ह्याम्सको कालोबाजरी पनि सानो छैन।
यो पढ्नुहोस्: ‘मुर्दा उपचार गरी रकम लुट्ने’ शैलीको ह्याम्स अस्पतालका काला कर्तुतहरू यस्ता छन्
‘फोक्सोले ८० प्रतिशत काम गरेको छैन, सम्भावना न्यून छ’, भन्ने अस्पतालको जवाफपछि अझ उपचार गर्न सकिन्छ की भनेर आफन्तले ह्याम्समा पुराएका केशव खकुरालको परिवारलाई लुटेको ह्याम्सले भेन्टिलेटरको एक दिन रकम मात्र ५० हजर भन्दा बढी लिने गरेको छ भने विभिन्न स्वास्थ्य सामग्रीमा बजार मुल्य भन्दा ८० गुणासम्मको रकम जोडी बिल बनाउने गरेको छ। यो शैलीलाई ह्याम्सले निरन्तरता दिइरहेको छ।
११ कात्तिकमा दिउँसो ह्याम्स अस्पतालमा खकुराल भर्ना गरिएका थिए ‘चिन्ता नलिनुस् निको हुन्छ। आत्तिनु पर्दैन’ भनी ११ दिन अस्पतालमा राखेको रकम ११ लाख नै लिनेगरी बिल थमायो। खकुराललाई बँचाउन नसकेको ह्याम्सले रकम नतिरेसम्म शव समेत उठाउन नदिने अड्डी कसेको थियो।
कोरोना संक्रमित एक बिरामीलाई उपचारका लागि आईसीयु र भेन्टिलेटरमा राखिएको भनेर हालै ३६ लाख रुपैंयाको बिल भुक्तानी गर्न दबाब दिएको ह्याम्सविरुद्ध नेपाल वायुसेवा निगमले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको थियो।
गत २२ असारमा निगमका चालक दलका सदस्यसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई ह्याम्स अस्पतालको आइसोलेसनमा राखेर पाँच दिनसम्म सामान्य उपचार गरिएको थियो। प्रतिदिन एकजनाको ३० हजार ९ सय रुपैयाँका दरले उनीहरूबाट रकम असुलिएको उजुरी परेको थियो।
यो पनि पढ्नुहोस्: बिरामीसँग मनपरी लुटेको करोडौं रकम जुवा खेल्छन् सञ्चालक भण्डारी
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार स्वास्थ्य नीतिभन्दा बाहिर कसैले पनि ठूलो रकम उठाउने र स्वास्थ्य सामग्रीमा मनलाग्दी रकम बिल भौचर बनाउन पाइँदैन।
सरकारले सरकारीका हकमा १५ हजार भेन्टिलेटर शुल्क तय गरेको छ भने नीजिका हकमा त्यसमा ५० प्रतिशत मात्र थप्न सकिन्छ। यस हिसाबले एउटा कोभिड–१९ लाई भेन्टिलेटरमा राखेको प्रतिदिन नीजि अस्पतालले २२ हजार ५ सय (साढे २२ हजार) भन्दा बढी लिन नपाउने प्रवक्ता गौतमले बताए।
गौतमले भनेजस्तो ह्याम्सले यी कुनै पनि मापदण्डलाई स्वीकार गरेको छैन। धेरै भन्दा धेरै लुटधन्दा चलाएको पाइन्छ।
यसको अर्को उदाहरण स्वास्थ्य सामग्रीमा लिने गरेको शुल्क पनि हो। बजारमा ३० रुपैंयामा पाउन थालेको एन१९ मास्कलाई ह्याम्सले ४५० रुपैंया बिल जोडेको छ। अन्य औषधीमा पनि यस्तै प्रकारको ब्रम्हलुट मच्चाइएका छन्।
गौतमका अनुसार यसरी स्वास्थ्य नीति र निर्देशिकाविपरित रकम उठाइएको वा स्वास्थ्य सामग्रीको रकम लिइएको भए सिधै कालोबजारीमा जाक्न सकिन्छ । उद्योग आपूर्ति तथा वाणिज्य मन्त्रालय अन्तर्गतको वाणिज्य विभागमा उजुरी परेको खण्डमा ह्याम्सविरुद्ध ठूलो कारबाही हुन सक्ने अधिकारीहरू बताउँछन्।

