बिरामीसँग मनपरी लुटेको करोडौं रकम जुवा खेल्छन् सञ्चालक भण्डारी


काठमाडौं– सरकारले अस्पताललाई स्वास्थ्य सेवा मूलक संस्थामा राखेको छ। त्यसैले आम मानिसले डाक्टरलाई भगवान र अस्पताल सञ्चालकलाई मन्दिरका पुजारीका रूपमा व्याख्या गर्छन्।

तर ‘मुर्दा पनि बचाउन सक्छु भनी’ लाखौं र करोडौं रकम असुल गर्ने यस्ता सञ्चालकका धन्दा कतिसम्म लज्जास्पद हुन्छन् भन्ने प्रमाण अनलाइनन्युज सेभेनले फेला पारेको छ।

कुलतमा फँसेको व्यक्तिले कतिसम्मको हर्कत गर्छ र गर्न सक्छ भन्ने कुरा हर नेपालीले बुझ्दै र भोग्दै आएका छन्। यस्तै कुलत र अवैध काम मध्येको काम हो, जुवा खेल।

द्वापर युगमा पाण्डव र कौरबको जुवा काण्डले महाभारत युद्ध नै निम्त्यो। आफ्नै पत्नी द्रौपदीलाई समेत जुवाको खालमा राख्ने प्रकरणपछि पाएको शिक्षाबारे युधिष्ठिरले भनेका थिए,‘जुवा खराब चिज हो भन्ने युगयुगले पाउने शिक्षा हाम्रो यो हारले प्रष्ट पार्नेछ।’

बिरामीसँग अनेक बाहनामा लुट्ने र करोडौं कमाउने ह्याम्स अस्पतालका सञ्चालकले त्यो शिक्षा नपाएको प्रमाणहरू फेला परेका छन्। दैनिक करोड रुपैंयाको जुवाको हारजीत हुने अखडामा भेटिन्छन् ह्याम्सका सञ्चालक रामशरण भण्डारी उर्फ आरएस भण्डारी ।

निराजन पौडेल

मेडीकल सेक्टरमा आरएस भण्डारीको नामबाट जम्न खोजेका उनी आपराधिक गतिविधिका कारण बदनाम हुन थालेका छन्। ह्याम्स अस्पतालबाट सेवाको नाममा पीडितलाई लुट्न थालका विवरणबीच भण्डारी मोबाइल जुवा अड्डामा भेटिने गरेका छन्।

साँझ परेपछि महाराजगञ्ज क्षेत्रमा सञ्चालन हँुदै आएका मोबाईल जुवा अखडामा करोडौं रकम लुटाउँछन्।

निराजन पौडेलले र राजु भण्डारीले सञ्चालन गर्दै आएको स्रोत बताउँछ । भीआईपी जुवाडेलाई पौडेल र भण्डारीले एक ठाँउमा जम्मा गरेर मोबाईल जफत गरी आफ्नै गाडीमा हालेर जुवा अखडा पुर्याँउदै आएका छन् ।

यी दुवै गुण्डा नाईके मिलन गुरुङ उर्फ चक्रे मिलननिकट व्यक्ति हुन् भने भण्डारी मिटर व्याजका नाईके समेत रहेको खुलेको छ। यहि समूहसँग ह्याम्सका संचालक भण्डारी जुवा खेल्दै आएका छन्। अघिल्लो दिन उधारो जुवा खेल्ने भण्डारीले भोलीपल्ट खालमा हारेका पैसा अस्पतालमा बोलाएर तिर्दै आएको पनि खुलेको छ।

यस्तो जुवाको कुलतमा फँसेको व्यक्तिले चलाएको अस्पतालले कोभिडबाट पीडित बनेका बिरामीलाई प्रताडित बनाउँदै २० औं गुणा बढी पैसा असुली गरेका विवरण यसअघि नै अनलाइनन्युज सेभेनले उल्लेख गरेको छ।

जुवाको पैसा तिर्न तीस रुपैंयाँमा पाईने एन९५ मास्कको रकम चार सयसम्म असुल्दै आएका छन् । बिरामीका आफन्तले पैसा डिपोजिट गरेसम्म बिरामी ज्युँदै हुने डिपोजिट गर्न छाडेपछि अस्पतालले मुर्दा बनाउँदै आएको आरोपसम्म अस्पतालमा लागेको छ।

यो पनि पढ्नुहोस्

‘मुर्दा उपचार गरी रकम लुट्ने’ शैलीको ह्याम्स अस्पतालका काला कर्तुतहरू यस्ता छन्

प्रतिक्रिया