फिल्ममा किन सँगै देखिदैनन् अक्षय र शाहरुख ?


मुम्बई(एजेन्सी)–बलिउडमा अक्षय कुमार र शाहरुख खान यस्ता दुई स्टार हुन्, जो अहिलेसम्म पर्दामा सँगै देखिएका छैनन् । कुनै पनि फिल्म अथवा अन्य कुनै प्रोजेक्टमा उनीहरु सँगै देखिएका छैनन् । सँगै नहुनुको कारण शाहरुखले आफैं खुलाएका छन् । जुन सुन्दा जोकोही पनि चकित पर्छन् ।

बलिउडमा अक्षय र शाहरुखको आफ्नै किसिमको फ्यान फलोइङ छ । तर पनि आजसम्म उनीहरु सँगै देखिएका छैनन् । शाहरुखका अनुसार यसमा प्रमुख कारण उनीहरुको जीवनशैली बनेको छ । उनीहरुको जीवनशैली फरक छ । शाहरुखले अक्षय बिहान चाँडै उठ्ने र मध्यरातसम्म सुटिङ गर्न मननपराउने कारण पनि आफ्नो सहकार्य हुन सकेको बताए । जबकी शाहरुख खान दिनमा कमैमात्र सुटिङ गर्छन् । अर्थात उनलाई रात्रिकालिन सुटिङ मनपर्छ । त्यहीकारण पनि शाहरुख सुत्नका लागि घर पुग्दा अक्षयको उठ्ने समय भइसक्छ । जसकारण उनीहरुको सहकार्य हुने सम्भावना एकदमै न्यून छ ।

त्यसो त शाहरुख अक्षयसँग काम गर्न चाहन्छन् । तर यो कहिले सम्भव हुन्छ भन्ने कुरामा दुवै स्टार अनभिज्ञ छन् ।

प्रतिक्रिया