सोमबार सेयर बजारमा ४५ अंकको गिरावट


काठमाडौं – साताको दोस्रो दिन सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८.६८ विन्दुमा आइपुगेको छ ।

२१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो ।
खरिदबिक्री रकममा राधी हाइड्रोपावर अगाडी रहेको छ ।

यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन ।

३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहमा गिरावट आएको छ । आज म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको हो ।

 

प्रतिक्रिया