

वर्षा शिवाकोटीको व्यंग्य: नेतालाई पढाउने केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्यो

काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटीले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्नुपर्ने बताएकी छन्।
शनिवार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गरेपछि बजेटमाथि नेपाली फिल्मकर्मी एवं कलाकारहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्।
त्यसैमध्ये अभिनेत्री शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा व्यंग्य गर्दै नेताको दिनहुँको किचलोले जनतालाई दिक्क लागेको जनाउँदै कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको माग गरेकी हुन्।
उनले फेसबुकमा लेखेकी छिन्,’बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो। यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ। तर, भाषण सकिने बित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ।
नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्। यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने!’

