

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा राखियो

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आइतबार सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो।
सुनुवाइका क्रममा संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रीत भएपछि प्रधानन्यायाधीश राणाले समय निर्धारण गरिदिएका थिए।
त्यसपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए। संवैधानिक इजलासमा शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो।
संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन्। तर सरकारी वकिलले त्यसको प्रतिवाद गरेका छन्।
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमुकुमार श्रेष्ठ रहेका छन् ।

