

राजकुमार गोश्वामीले ल्याए ‘हिमालै राम्रो हिउँले’ (भिडिओ)

काठमाडौं– गायक राजकुमार गोश्वामीले ‘हिमालै राम्रो हिउँले’ बोलको गीतको म्युजिक भिडिओ ल्याएका छन्। कोशीश ‘२’ एल्बममा रहेको उक्त गीतको म्युजिक भिडिओमा पुजा धामी र बिजेश पौडेलले अभिनय गरेका छन्।
सुमन कुँवरको शव्द, बिक्रम थापाको संगीत तथा सन्दीप कार्कीको संयोजन रहेको गीतको म्युजिक भिडिओको छायांकन निशा पौडेलले गरेकी छन्। म्युजिक भिडिओको सम्पादन र निर्देशन भने बिजेश पौडेलले गरेका हुन्।

