पोखरा-बाग्लुङ सडकखण्डमा पहिरो, बाटो अबरुद्व


पर्वत – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो ।

निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको र बाटो खुलाउन तयारी भइरहेको पनि उनले जानकारी दिए । एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् ।

बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी तथा अत्यावश्यक कामका लागि आवतजावत गर्नेहरु मर्कामा परेका छन् । ती गाडीहरु पर्वतको नयाँ पुलमा अलपत्र छन् ।

प्रतिक्रिया