

वरिष्ठ संगीतकार राम लक्ष्मणको निधन

नयाँ दिल्ली – भारतका लोकप्रिय संगीतकार राम लक्ष्मणको शनिबारको बिहान भारतको नागपुरस्थित उनको निवासमा निधन भयो। उनको मुटुको ब्यथाका कारण निधन भएको जनाईएको छ। उनी ७८ वर्षका थिए।
स्वर्गीय संगीतकार राम लक्ष्मणले मैने प्यार किया, हम आपके हैं कौन, हम साथ साथ हैं, १०० दिन लगायतका अन्य हिट फिल्महरूका लागि संगीत दिएका थिए।
भारतकि वरिष्ठ गायिका लता मंगेशकरले अत्यन्त प्रतिभाशाली र लोकप्रिय संगीतकार राम लक्ष्मण (विजय पाटिल) महान मान्छे भएको तथा आफूले गाएका उनका धेरै गीतहरू लोकप्रिय भएको स्मरण गरेकि छिन।

