ताराको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं – चर्चित गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतमा तारा लिम्बुको शब्द र सविन लिम्बुको संगीत तथा एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा अमित सुब्बा र क्रीन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँंकन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायाँकन तथा सम्पादन छ ।

प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा बिताएको पल देखाउन खोजिएको छ । भिडियोमा कोरियोग्राफी तथा मेकअप दीपिका श्रेष्ठको रहेको छ । जसमा रंग संयोजन नवीन निरौलाको रहेको छ ।

भिडियो:

प्रतिक्रिया