

एकाबिहानै भूकम्पको धक्का

काठमाडौं – काठमाडौं उपत्यकामा एकाबिहानै भुकम्पको धक्का महसुस भएको छ। बिहान पौने ६ बजे भूकम्पको धक्का २ पटकसम्म गएको महसुस भएको हाे।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।
उपत्यकालगायत धादिङ, सिन्धुपाल्चोक, नवलपुर, गोरखालगायतका क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ।
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ।

