मेडिसिटी अस्पतालमै जन्मदिन मनाउँदै मदनकृष्णले भने, ‘आजदेखि यो कुलंगार कोरोनालाई जितेंँ’


काठमाडौं – आज अक्षय तृतीया, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको तिथि अनुसारको जन्मदिन । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत कलाकार श्रेष्ठका परिवारले अस्पतालमै गएर जन्मदिन मनाइदिएका छन् । पीपीई सेटमा रहेका दुईजनाले कलाकार श्रेष्ठको  कानमा फूल सिउरिदिए भने खादा पनि ओढाईदिएका थिए ।

सोही क्रममा कलाकार श्रेष्ठले आजदेखि आफूले कोरोनालाई जितिसकेको बताए । अस्पतालको बेडबाट बडो फूर्तिका साथ लबीसम्म आइपुगेका श्रेष्ठको शारिरीक हाउभाउ हेर्दा उनी निकै तन्द्रुस्त देखिन्थे । उनले आजदेखि यो कुलंगार कोरोनालाई आफूले जितेको बताए ।

उनलाई खादा ओढाईसकेपछि प्रस्तुत गरेको सानो भिडियो सन्देशमा मदनकृष्णले आफ्नो जन्मदिन वर्षको ३ पटक पर्ने बताए । उनले आफ्नो जन्मदिन ७ वैशाख र पासपोर्टमा १९ अप्रिल र तिथीको हिसाबले अक्षय तृतीयाको दिन मनाउने बताए ।

उनले आफू अब आजदेखि ७१ वर्ष पुगेको र आजैदेखि कोरोनाविरुद्ध जित हात पारेको बताए ।

सोही क्रममा उनकी छोरी सराना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,


 

प्रतिक्रिया