
दीपमाला बनिन् मीस नेपाल-२०२६
काठमाडौं – मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उहाँले ताज हात पारेकी हुन्।
प्रतियोगितामा कसिस् सुब्बाले मिस नेपाल कस्मो-२०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित भइन्।
ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्र्याटेजिस्टका रूपमा कार्यरत छन्। उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन्।
हाल उनी नेपाल क्यान्सर अस्पतालको गुडविल एम्बासडरका रूपमा सामाजिक क्षेत्रमा सक्रिय छन्। मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने आफ्नो अभियानलाई विश्वस्तरमा पुर्याउने लक्ष्य रहेको उनी बताउछिन्।
ढकाल परिवार र मिस नेपालबिच विशेष सम्बन्ध छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।



कागजपत्र |
