
फेसबुकमा ‘हम कभी नहि सुध्रेङ्गे’ लेख्ने डीआईजीलाई कारबाही
काठमाडौं- फेसबुकमा ‘हम कभी नहि सुध्रेङ्गे’ लेख्ने नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले ‘नसियत’ को कारबाही गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार कार्य विभाग अन्तर्गतको कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीतको आचरण देखाएपछि उनीमाथि विभागीय कारबाही गरिएको हो ।
मंसिर ११ गते प्रहरी हेडक्वार्टरले सापकोटासँग स्पष्टीकरण सोधेको थियो । कोशी प्रदेशमा डीआईजी सरुवा सम्बन्धी निर्णयलाई लिएर उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि स्पष्टीकरण सोधिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले कोशी प्रदेशको कमाण्डमा डीआईजी विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै लेखेका थिए, ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ ।’
प्रहरी हेडक्वार्टरका अनुसार सापकोटाको उक्त गतिविधि प्रहरी नियमावली–२०७१, प्रहरीको मिडिया सम्बन्धी नीति–२०६० तथा आचारसंहिता–२०७७ को उल्लङ्घन ठहरिएको छ । सोही आधारमा उनलाई चेतावनी स्वरूप ‘नसियत’ को कारबाही गरिएको हो ।



कागजपत्र |
