
एक हुँदै राप्रपा र राप्रपा नेपाल
काठमाडौं- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको दुवै पक्षका शीर्ष नेताहरूको संयुक्त बैठकले औपचारिक रूपमा एकतामा जाने निर्णय गरेको हो । बैठकमा लिङ्देन र थापासहित दुवै पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकले पार्टी एकतालाई अन्तिम रूप दिँदै आजै सहमतिपत्रमा हस्ताक्षर गर्ने निर्णयसमेत गरेको छ ।



कागजपत्र |
