एमाले महाधिवेशनमा ज्योति मगरको ‘सरप्राइज इन्ट्री’


काठमाडौं-  काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा  चर्चित लोकगायिका ज्योति मगरको ‘सरप्राइज इन्ट्री’ ले प्रतिनिधि र दर्शकहरूको ध्यान तानेको छ।

गायिका मगर महाधिवेशन प्रतिनिधिको रूपमा नभई एक उम्मेदवारको समर्थनमा मत माग्न भृकुटीमण्डप पुगेकी हुन्। उनी जनजाति समुदायको झाँकी तथा र्यालीमा सहभागी हुँदै नाच्दै अघि बढेकी थिइन्।

झाँकीमा सहभागी भएकी मगरले एमाले नेता पूर्णबहादुर गुरुङको तस्बिर अंकित पोस्टर हातमा बोकेकी थिइन्। उनी गुरुङलाई विजयी गराउन अपिल गर्दै समर्थन जुलुसमा सक्रिय देखिइन्।

पछिल्लो समय उनी आफ्ना विभिन्न अन्तरवार्तामा एमालेप्रति सकारात्मक धारणा राख्दै आएकी थिइन्।

प्रतिक्रिया