
१७ सयले घट्यो सुनको मूल्य, बढ्यो चाँदी
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार भने ३ हजार ८ सय ७० रुपैयाँमा कायम भएको थियो ।



कागजपत्र |
