
साहित्यकार नन्दनको निधन
चितवन — चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ ।
मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित नन्दन केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।
उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।



कागजपत्र |
