टप एन्ड ट्वान्टी-२०ः नेपालले पायो १७६ रनको लक्ष्य


काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा मेलबर्न स्टार्स एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

डार्विनस्थित टिआइओ रंगशालामा टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।

मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी थोमस रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ र साम हार्परले अविजित ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए ।

प्रतिक्रिया