यसै वर्ष काठमाडौँ र पोखरामा फाइभजी चल्छ : सञ्चार मन्त्री गुरुङ


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताए । इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा  संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा पास गरिसकेको उनले बताए । उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताए ।

अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्‍याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौँ र पोखरा सहरमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको भन्दै उनले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने बताए ।

प्रतिक्रिया