चर्चित गायक पशुपति शर्मा चढेको कार दुर्घटना


काठमाडौं — लोकप्रिय गायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ ।

कार्यक्रमका लागि गृहजिल्ला स्याङ्जा पुगेका शर्मा सवार कार स्याङ्जाको भीरकोट नगरपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार शर्मासहित कारमा चार जना रहेका थिए । शर्माको हातमा चोट लागेको छ ।

अन्य यात्रु पनि सामान्य घाइते छन् ।

 

प्रतिक्रिया