
विपद् न्यूनीकरण राज्यको प्राथमिकतामा नपरे क्षति कम गर्न सकिन्न : आईजी अर्याल
काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजी) राजु अर्यालले राज्यको नीति तथा लगानीमा विपद् व्यवस्थापनलाई प्राथमिकतामा नराखेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी नहुने बताएका छन्।
शुक्रबार सशस्त्र प्रहरी बलले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै अर्यालले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा राख्न जरुरी रहेको उल्लेख गरे।
उनले संविधान, मौलिक हक तथा मानव अधिकारको रक्षा गर्नसमेत विपद् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।
महानिरीक्षक अर्यालले नेपालमा प्रत्येक वर्ष धेरै नागरिकको ज्यान विपद्जन्य घटनाका कारण जाने गरेको उल्लेख गर्दै त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए।
उनले विपद् न्यूनीकरण प्रभावकारी बनाउन राज्यको स्पष्ट प्राथमिकता, पर्याप्त लगानी, र सबै सरोकारवाला निकायबीचको समन्वय अनिवार्य भएको धारणा राखे।



कागजपत्र |
