स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीको हस्तक्षेपले स्वास्थ्य संस्था धरासायी बन्दै गए : शेखर कोइराला


धरान- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपका कारण देशका स्वास्थ्य संस्था क्रमशः धरासायी हुँदै गएको बताएका छन्।

शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका सन् २००० ब्याचका एमबीबीएस विद्यार्थीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य संस्थाहरूलाई जनताको सेवा गर्न स्वतन्त्रता दिनुपर्ने धारणा राखे।

उनका अनुसार नियमनको नाममा राजनीतिक हस्तक्षेप बढेसँगै अस्पताल तथा स्वास्थ्य संस्थाले अपेक्षित काम गर्न नसकेको स्थिति सिर्जना भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका कोइरालाले त्यहाँबाट स्नातक भएका चिकित्सकहरू देश-विदेशमा पुगेर गर्व गर्नलायक काम गरिरहेको उल्लेख गरे। उनले जहाँ पुगे पनि प्रतिष्ठानको शिर उँचो राख्नेगरी काम गरिरहेका ती चिकित्सकहरूको प्रशंसा गरे।

प्रतिक्रिया