कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड हिनामिना प्रकरणमा थप एकजना पक्राउ


काठमाडाैं- कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपालगन्ज उपमहानगरपालिका–१९ का ४१ वर्षीय देवप्रकाश सिंह ठकुरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जेठ २१ गते पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार बैंकको ठूलो रकम हिनामिनामा ठकुरीको संलग्नता देखिएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

यसअघि कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ६५ वर्षीय राजेन्द्रवीर राय पक्राउ परिसकेका छन्।

हालसम्म सो प्रकरणमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ भने अनुसन्धान थप जारी रहेको बताइएको छ।

प्रतिक्रिया