


सुर्खेतमा ५८ वर्षीया महिलामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ

सुर्खेत- ५८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका ५० वर्षीय रामचन्द्र सुनार पक्राउ परेका छन्।
पीडित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ। दोष प्रमाणित भएमा कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

