त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छन्।

मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आइपुगेकी ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेल नजिकैबाट पक्राउ गरिएको हो।

जाँचको क्रममा प्रहरीले खेमानीको साथबाट अर्धठोस अवस्थामा लुकाएर ल्याइएको १ किलो १५९ ग्राम सुन बरामद गरेको जनाएको छ।

सुन तस्करीको आशंकामा विशेष निगरानी गरिएको भनी प्रहरीले जानकारी दिएको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया