

चर्चामा अजय देवगण : भाइरल भयाे भिडियो, स्पष्टीकरण दिँदाकाे हैरानी

मुम्बई – बलिउडका चर्चित अभिनेता अजय देवगण पछिल्लो समय एक फरक कारणले चर्चामा छन् । उनी अहिले राम्रो कामका कारण चर्चामा नआई झगडा र कुटाइका कारण चर्चामा आएका हुन् ।
हालै सार्वजनिक भएको एक भिडियोमा अजयलाई केही मानिसहरुले कुटिरहेका थिए । दिल्लीको एक पव बाहिर भएको झगडामा उनलाई मानिसहरुले कुटेको बताइएको छ ।
ट्विटरमा कुटाई खाएको भिडियो आएपछि अजयले आफु त्यो भिडियोमा नभएको बताएका छन् । उनले स्टाटसमा भिडियोलाई लिएर आफुलाई धेरै फोन आइरहेको र सो भिडियोमा आफु नभएको बताएका छन् ।
उनले भनेका छन् – ‘म जस्तै देखिने मानिस समस्यामा परेका छन् । यो भिडियोलाई लिएर मलाई धेरै फोन आइरहेको छ । म स्पष्ट पार्न चाहान्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको कुनै पनि विवादमा म समावेश छैन ‘
भारतीय मिडियाका अनुसार अजयका प्रवक्ताले पनि अजय १४ महिनादेखि दिल्ली नगएको बताएका छन् ।

