माओवादी केन्द्रले भन्यो– ५ दिनभित्र सरकारले विश्वासको मत लिनुपर्छ


काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ५ दिनभित्र विश्वासको मत लिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै गुरुङले २३ फागुनको सर्वोच्चको अदालतले दल विभाजन गरेपछि सरकार ७६(२)मा पुगेका कारणले दुई वा दुई भन्दा बढी दलको बनिसकेपछि विश्वासको मत लिनुपर्ने बताए।

उनले भने,‘यो संवैधानिक राजनीतिक प्रश्न अब सरकारका लागि उठेको छ, ध्यानाकर्षण गराउन चहान्छु। एक महिनाभित्र विश्वासको मत लिनुपर्छ कि पर्दैन?’

फैसला आएको एक महिना अर्थात् २३ चैतसम्म गर्नुपर्ने भन्दै ५ दिन बाँकी रहेको गुरुङले स्मरण गराए।

प्रतिक्रिया