‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसन, छानिए चार जना टुंगाे लागेन हिराे!


काठमाडौं – दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसन लिइएका मध्ये चार जनामा आफूले सम्भावना देखेको निर्देशक विशाल सापकोटाले बताएका छन् ।

अडिसनका लागि करिब दुई हजार जनाले इमेल पठाएको निर्माण पक्षले ८०० जनालाई अडिसनको लागि बोलाएको थियो । त्यसमध्ये चार जनाबाट आफूले अपेक्षा गरेको सपाकोटा बताउँछन् । ‘चार जनालाई पुनः बोलाएर हामी अडिसन लिएर को कुन रोलका लागि उपयुक्त हुन्छ छनोट गर्ने तयारीमा छौं,’ उनले भने, ‘फिल्म कलेज, मोडल तथा केही चलचित्रमा काम गरिसकेका पनि आउनु भएको छ । उहाँहरुबाट हामी आवश्यक व्यक्ति छनोट गर्ने छौं ।’

चारजना मध्येबाट पनि मुख्य कलाकारका लागि उपयुक्त व्यक्ति नभेटिए अहिले अभिनय गरिरहेका व्यक्तिलाई नै आग्रह गरेर अडिसन लिने उनको बताए । ‘हाम्रोमा अडिसन दिने चलन छैन । त्यसैले उहाँहरुको गोपनियता भने कायम गर्ने छौं,’ उनी भन्छन्, ‘हामीलाई व्यक्तिभन्दा पनि अभिनय गर्ने कलाकार चाहिएको हो, त्यसैले यसमा हामी सम्झौता गर्दैनौं ।’

चलचित्रलाई युवा फिल्म्सले निर्माण गर्दैछ । ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको चलचित्रको नेपाली रिमेक बनाउन निकै चुनौती पूर्ण काम भएको सापकोटाले बताए ।

प्रतिक्रिया