

दीपाश्री र सरोज खनालको फेसबुक ह्याक

काठमाडौं – कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ। पछिल्लो समयमा कलाकार तथा अन्य व्यक्तिहरुको फेसबुक अकाउन्ट ह्याक भइरहेका समाचारहरु प्रकाशित भइरहेका छन् ।
यसैक्रममा दीपश्रीको फेसबुक अकाउन्ट ह्याक भएको कलाकार दीपकराज गिरीले बताए ।
ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको समेत जनाइएको छ ।
उनले दीपाश्रीका साथै सरोज खनालको पनि फेसबुक अकाउन्ट ह्याक भएको बताएका छन् ।

