नेपालबाट भारतमा डिजेल र पेट्रोल तस्करी गर्ने ८४ जना पक्राउ


काठमाडौं – पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।

६ महिनामा नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जना पक्राउ परेका हुन् ।

भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ ।

भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।

प्रतिक्रिया