अस्पतालको शैय्याबाट हरिवंश लेख्छन्, ‘मेरो अवस्था सामान्य छ’


काठमाडौं — अस्पताल भर्ना भएका लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्यले आफ्नो अवस्था सामान्य रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै आचार्यले नाकभित्रको सानो नसा फुटेको र त्यसलाई टाल्ने काम भईसकेको पनि जनाउँदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका हुन्. ।

आइतबार नाकबाट रगत बगेपछि आचार्यलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । शनिबार हिमगिरी प्रालि उद्धोगको आतिथ्यमा हाँस्य कलाकारद्वय मदनकृण्ण श्रेष्ठ र उनी बिराटनगर गएका थिए । उनलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत उनका कैयौं शुभ चिन्तक अस्पतालमै पुगेका थिए ।

उनी लेख्छन्—

शनिबार हिमगिरी प्रालि उधोगको आतिथ्यमा मदनदाइ र म बिराटनगर आएका थियौ ।
अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगे र त्यहाबाट विराट नर्शिङ होम Ent department मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेशरहरु सामान्यै थियो।
धेरैलाइ High blood pressure को कारण होकि भन्नेले चिन्तित तुल्याएछ ।नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भईसकेको छ र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।उपचारको क्रममा बिराट नर्शिङ होम परिबार ,डा .राजिब शाहको चिकित्क टिमलाइ धन्यबाद दिन चाहन्छु ।

मेरो स्वास्थ प्रति चासो ब्यक्त गर्दै
कोसि प्रदेशका मुख्य मन्त्री ,माननिय हिक्मत कार्किज्यु प्रति आभारी छु साथै हिमगिरी उधोग प्रा लि सदस्यज्यु र कर्मचारीज्युहरुले गर्नु भएको माया ,सद्भभाब र सहयोग प्रति आभारी छु ।
देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी र संम्पुर्ण पत्रकार जगतलाइ मेरो स्वास्थ्य प्रति यतिधेरै सद्भाब प्रकट गरिदिनु भएकोमा आभारी छु ।

 

प्रतिक्रिया