पूर्व राज्यमन्त्री रायको हत्या तीन जनाको समूहले गरेको आशंका


काठमाडौं – धारिलो हतियार प्रहार गरि हत्या गरिका पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या तीन जनाको समूहले गरेको आशंका गरिएको छ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ आफ्नै घरमा राति ११ बजे हत्या भएका ८० वर्षीय पूर्व राज्यमन्त्री रायको हत्या जग्गाको विवाद मिलाइदिन भन्दै उनकै घरमा बास बस्न आएको तीन जनाको समूहले गरेको आशंका गरिएको हो।

प्रहरी स्रोतकानुसार हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्व राज्यमन्त्रीको घरमा राति बस्न आएका तीन जनाको समूहले हत्या गरेको बुझिएको छ।

ती तीन जनाको समूहसँग पूर्वराज्यमन्त्री रायले राति गफ गरिरहेको उनकै घरमा काम गर्ने एक कामदारले बताएको प्रहरीले जनाएको छ।

ती कामदारले आफू राति पिसाब फेर्न उठ्ने बेलामा पूर्वराज्यमन्त्री राय सुतेको कोठाको ढोका खुल्लै देखेपछि हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेका थिए। मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि ती कामदारले आफन्तलाई खबर गरेको थिए। तीन जना को-को हुन् आफूले नचिनेको ती कामदारलाई प्रहरी समक्ष बयान दिएका छन्।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

रायको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको छ। राय राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए।

प्रतिक्रिया