देशका विभिन्न स्थानमा चार जना मृतावस्थामा फेला


काठमाडौं — देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुखानगर बस्ने बाग्लुङ बरेङ गाउँपालिका–३ घट्टे घर भएका ४० वर्षीय भोज बहादुर खत्री तिलोत्तमा नगरपालिका-४ सिमानगरस्थित बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका–२७ जसौली बस्ने ३० वर्षीय मन्सुद मिया बहुदरमाई नगरपालिका र वीरगन्ज महानगरपालिका–२७ को सीमामा बग्ने तिलावे खोलाको छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका—३ पाटीखर्क बस्ने २४ वर्षीया मानकुमारी तामाङ सोही नगरपालिका—४ दनसौरास्थित पहिरो गएको स्थानमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । असार ३१ गते घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यता उदयपुरको रौतामाइ गाउँपालिका-८ पावु बस्ने ७२ वर्षीय धमान सिंह पाचे मगर सोही गाउँपालिका—८ स्थित हुल्मा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया