गायिका अस्मिता अधिकारीले गरिन् इन्गेजमेन्ट


काठमाडौं – गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । गायिका अधिकारीले गायक महेश काफ्ले इन्गेजमेन्ट गरेकी छिन् ।

उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको जनाइएको छ ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । यी दुवैजना लामोसमयदेखि प्रेम सम्बन्धमा थिए तर उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेकाे स्वीकार गरेका थिएनन् ।

उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।

प्रतिक्रिया