सिन्धुलीमा पहिरोले गाडी पुरियो,मध्यपहाडी लोकमार्ग अवरुद्ध


काठमाडौं–मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।
त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

प्रतिक्रिया