

सर्वोत्तमको आईपीओ ग्लोबल क्यापिटलबाट आउँदै

काठमाडौं – सर्वोत्तम सिमेन्टले शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।
त्यस्तै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत अर्थात ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ । ७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने तयारी गरिएको छ ।

