सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार ?


काठमाडौँ – नेपाली बजारमा तीन दिनदेखि स्थिर रहेको सुनको मुल्य बुधबार पुनः बढ्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

चैत १ गते प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यस यता तीन दिन सम्म स्थिर रहेको थियो । आज  छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया