

अब मेनुकाले देख्न सक्ने ! राखिनेछ डिभाइस

काठमाडौं- इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भइसकेकी मेनुका पौडेल उपचारपछि देख्न सक्ने हुने बताइएको छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले हिंड्न, मान्छे चिन्न र पढ्नसक्ने भएकी छन् ।
मेनुकालाई यो उपचारमा इण्डियन आइडलले मद्दत गर्ने भएको हाे । आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो ।
चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए ।

