

गाई काटेको अभियोगमा पाँचखालबाट तीनजना पक्राउ

पाँचखाल- गाई काटेको अभियोगमा काभ्रेको पाँचखाल नगरपालिका-१ बाट तीनजना पक्राउ परेका छन् ।
आइतबार दिउँसो गाई काटेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले पाँचखाल-१ घुमाउने चौरबाट तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचखाल-१ का वर्ष ३४ का मिनबहादुर तामाङ, वर्ष ३० को सन्तबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका २ बस्ने वर्ष २७ को अर्जुन लामा थिङ रहेका छन् ।
उनीहरूको साथबाट गाईको ८५ किलो मासुसमेत बरामद भएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

