मुम्बईमा नक्कली श्रम स्वीकृति बोकेका दुई महिलासहित ८ नेपाली पक्राउ


मुम्बई- भारतमा नक्कली श्रम स्वीकृति बोकेको अवस्थामा दुई महिलासहित ८ जना नेपाली पक्राउ परेका छन् । उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

पक्राउ पर्नेमा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगी रहेका छन् । उनीहरु शनिबार पक्राउ परेका थिए ।

त्यस्तै गत डिसेम्बर २० मा मुम्बई विमानस्थलबाट ६ जना नेपाली पक्राउ पनि परेका थिए । पक्राउ पर्नेमा ३० वर्षीय राजकुमार तामाङ, १९ वर्षीय रुपल खड्का, २० वर्षीय अरुण खड्का, १९ वर्षीय करण बोहरा, २० वर्षीय सुजन बोहरा र २८ वर्षीय दीपेश लामिछाने रहेका छन् ।

मुम्बई हुँदै कुवेत र यूएई जान लागेका उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको पाइएको हो ।

पक्राउ परेका सबैलाई भारतीय पेनल कोडको फरक–फरक धारामा ठगीको मामिलामा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया