गाजामा मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो


इजरायल–  हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । ७ अक्टोबरमा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ ।

गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८  अन्य घाइते भएका छन् ।

१.९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थात् गाजा जनसंख्याको लगभग ८५ प्रतिशत विस्थापित भएका छन् ।

यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।

प्रतिक्रिया