

गायक देव कुमारको ‘भुल्यौ होला’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं – नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक भएको छ ।
माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ । चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।
मुकेश हुमागाईँको छायाँकन, शिलन लम्सालको सम्पादन, केशव राज भटटको कोरियोग्राफी तथा विक्रम क्षेत्रीको निर्देशन भिडियो मा रहेको छ । गीतको भिडियोमा शितल केसी, अनु थापा, विक्रम क्षेत्रीको अभिनय रहेको छ ।
भिडियोः
https://youtu.be/7ALM_eQ8_XQ

