डाचाराज वाग्लेको मृत्युभित्र ठूलो रहस्य लुकेको छ : प्रचण्ड


सर्लाही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता डाचाराज वाग्लेको मृत्यु रहस्यमय भएको बताए । वाग्लेको १३ औं दिनको अवसर पारेर जिल्लाको हरिपुर नगरपालिकामा आयोजना गरिएको श्रद्वाञ्जलीसभालाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् ।

‘उनको मृत्यु सामान्य दुर्घटनाबाट मात्र भएको छैन । यसमा ठूलो रहस्य लुकेको छ,’ प्रचण्डले भने, ‘उनको मृत्युबारे सत्यतथ्य समयमै बाहिर ल्याउन सरकारसँग माग गर्दछु ।’

केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकीको संयोजकत्वमा पार्टीले गठन गरेको आन्तरिक छानविन समितिको प्रारम्भिक प्रतिवेदनले दुर्घटना रहस्यमय देखिएको भन्दै उनले यति ठूलो दुर्घटनाका विषयमा गैर जिम्मेवार नबन्न सरकारसँग माग गरेका छन् ।

मृतक वाग्लेले मिटरब्याजी, सुदखोरका कारण प्रताडित सयौं महिलालाई न्याय दिलाएको भन्दै उनले भने, ‘त्यस्ता पीडितलाई लिएर मेरो निवास खुमलटार पटक–पटक आउँदा तीनवटै सुरक्षा निकायका प्रमुख सम्बन्धित मन्त्री, सचिव लगायतलाई त्यसबारे कार्बाही अभियान अगाडि बढाउन निर्देशन दिएको थिएँ ।’

अर्का अध्यक्ष नेपालले पनि वाग्ले सच्चा, इमान्दार, कर्मठ, जुझारु कम्युनिष्ट नेता रहेकाले उनको जीवनशैली एवं आचरणको सबै कम्युनिष्टले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया