

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिन् सम्बन्ध विच्छेद

काठमाडौं – पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन् ।
एक पडकास्टमा कुराकानीका क्रममा उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको खुलासा गरेकी हुन् । उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन् ।
श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोच रहेको उनले भनाई छ ।

