नेपालमा थप १२२ मा संक्रमण, १४४ कोरोनामुक्त


काठमाडौं – गत २४ घन्टामा नेपालमा १२२ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख २० हजार ५९१ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १५८१ रहेका छन् भने ७९ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रतिक्रिया