
गायिका प्रेमकलाको ‘आत्महत्या’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैं – नेपाली लोकगीत संगीतको क्षेत्रमा आफनो आवाजको माध्यमबाट आम लोकपारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका प्रेमकला कुवंर मुस्कानको आवाजमा रहेको निकै वेदना समेटिएको गीत ‘आत्म हत्या’ गीतको भिडियो सार्वजनिक भएको छ ।
आफुले माया गर्ने मायालुलाई मायाबाट विछोडिदाको पिडालाई गीतमा समेटिएको छ । हजारौँ सपनाहरु भएपनी जिवनमा पाएको चोटको कारणबाट परेको पिडालाई गीतमा समेटिएको छ ।
शर्मा जीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतलाई महेश पुनले एरेन्ज गरेका छन् । सुनिल विसीको छायाँकन तथा सम्पादन र शर्मा जीको निर्देशन भिडियोमा रहेको छ । गीतमा आकांक्षा केसी, सारदा खरेललगायतको अभिनय रहेको छ ।
भिडियोः



कागजपत्र |
