जग्गा हिनामिनाबारे सभामुखको ध्यानाकर्षण : सचिवालयले दियो तथ्य


काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा वन तथा भूसंरक्षण मन्त्री हुँदा सर्दु जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सार्वजनिक भएका विवादित समाचारको उनको सचिवालयले खण्डन गरेको छ।

उक्त जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिमको विषय भएकाले सापकोटालाई जोडेर सार्वजनिक भएका समाचारको सचिवालयले खण्डन गरेको हो।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले विज्ञप्ति सार्वजनिक गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको बताएका हुन्। उनले उक्त विषयका सम्बन्धमा चारवटा तथ्यसमेत दिएका छन्। न्यौपानेले सार्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यतालाई नबुझी भ्रमपूर्ण समाचार प्रकाशित गरिएको बताएका छन्।

प्रतिक्रिया